व्यापार युद्धमा कमजोर बन्दै ट्रम्प

व्यापार युद्धमा कमजोर बन्दै ट्रम्प


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरूद्ध शुरू गरेको व्यापार युद्धमा कमजोर बन्दै गएको देखिएका छन् ।

अमेरिकी स्टोक बजार फेरि ओरालो लागेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भलगायत विश्वका केन्द्रीय बैंकले बजार जोगाउन प्रतिबद्धता जनाइरहेका बेला अमेरिकी स्टोक बजार लगायत विश्वका सबै जसो बजार ओरालो लागेको हो ।

अमेरिकी बजार ओरालो लाग्नुले राष्ट्रपति ट्रम्पले अपनाएका उपायहरू विश्वसनीय नभएको देखिएको छ । गत शुक्रबार ट्रम्पले कोरोनाभाइरसको विषयमा राष्ट्रिय संकट घोषणा गरेर बजार व्यवस्थामा ध्यान दिने बताए पनि लगानीकर्ताहरूको विश्वास भने जित्न नसकेको देखिएको हो ।

ट्रम्पले फेडरल रिजर्भलाई ब्याजदर शून्य नजिक पु¥याउन दबाब दिन सफलता पाएपनि लगानीकर्ताहरूको विश्वास भने जित्न सकेन् । बजारको यस्तो अवस्थाले नोभेम्बरमा हुने निर्वाचनमा उनको अवस्था राम्रो हुनेमा आंशका व्यक्त हुन थालेको छ ।

अमेरिकामा चीनसहित विभिन्न देशसँग श्ुरू गरेको व्यापार युद्ध समाप्त पार्नुपर्ने दबाब पनि ट्रम्पले खेप्नु परेको छ ।  तर चिनियाँ वस्तुको आयातमा अतिरिक्त भन्सार महशुल लगाएर अमेरिकाले गरेको निर्णय फिर्ता लिन पनि ट्रम्पलाई गाह्रो भइरहेको छ ।

ट्रम्पलाई प्रतिपक्षीको दबाब भन्दा पनि आफ्नै पार्टी रिपब्लिकनका नेताहरूको दबाब खेप्नु परेको हो । दुबै पक्षबाट आर्थिक प्रणालीलाई पुनर्बहाली गराउने चुनौती उनका आगाडि उभिएको छ । धेरैले अर्बौ अमेरिकी डलर बराबरको अतिरिक्त भन्सार शुल्को प्रावधान खारेज गर्न ट्रम्पमाथिको दबाब बढारहेका छन् ।

व्यापार युद्धको मारमा परेको अमेरिकी अर्थतन्त्रलाई कोरोनाभाइरसले थप प्रभावित बनाइरहँदा व्यापार युद्धबारे पुनर्विचार नगर्दा उनको निर्वाचन चक्र समस्यामा पर्ने देखिएको कतिपयको बु्झाइ रहेको  छ । उनीहरूको अनुसार व्यापार युद्धमा ट्रम्प कमजोर हुँदै गएका छन् ।