कोरोनाको त्रासमा कालोबजारीको ब्रम्हलूट
फणीन्द्र फुयाल ज्वाला
काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसले आतङ्कित भइरहेको छ । कोरोनाविरुद्धको लडाईँमा बिश्वभरि करिव साढे छ हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् । नेपालमा कोरोनाबारे उच्च सतर्कता अपनाइएको भएता पनि यो रोगबाट पीडित भएका एकादुई बाहेक अन्य फेला नपरेको सरकारी तथ्याँङ्क छ । कोरोना रोग लागेको भनिएका एक–दुई जनाको पनि उपचारपछि निको भइसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।
विश्वमा महामारी रुप लिएको कोरोनाले नेपालमा भने कसैको स्वास्थ्यमा असर नगरेको बताइन्छ । यद्यपि कोरोनाभन्दा पनि नेपालमा यतिबेला कालोबाजारीले चाहिँ महामारीको रुप लिने हो कि भन्ने प्रारम्भिक संकेतहरु देखापर्न थालेका छन् । संकटका बेला कालोबजारी गर्न पल्किएकाहरु यतिबेला कृत्रिम अभाव सिर्जना गरी दैनिक उपभोग्य बस्तुहरु नुन, तेल, चामल, ग्याँस, दाल, लगायतमा आफूखुशी मूल्य बृद्धि गर्दै बिक्री गरिरहेका छन् । सरकार भने मुकदर्शक बनेर बसेको छ । भारतले कोरोना छिर्ने डरले नेपालका केही सीमा नाकाहरु बन्द गरिसकेको छ । नेपालमा अघोषित रुपमा नाकाबन्दी भइसकेको सन्त्रास आम नेपाली जनतामा परिसकेको छ ।
मूल्यबृद्धि, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी मौकाको फाइदा उठाउन पल्केकाहरुलाई कारबाहीको दायरामा ल्याउन आम सचेत नागरिकले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । कहीँ कतै आफू ठगिएको महसुस भएमा र कालोबजारी भएको थाहा पाएमा स्थानीय प्रशासनले पनि नजिकैको प्रहरीलाई खबर गर्न बिभिन्न सञ्चारमाध्यममार्फत आग्रह गरिरहेको छ । नागरिक, समुदाय र प्रहरीको मिलेमतोमा नै समाजमा भएका कुरितीहरुको अन्त्य गर्न सकिने भएकाले आमजनता पनि अधिकारका लागि सचेत हुन जरुरी छ ।
नेपालले गत २०७२ सालमा संविधान गरी गर्दा भारतको अघोषित नाकाबन्दी सहनु परेको पीडा र भोग्नु परेको समस्या अझै बिर्सिन सकेका छैनन् । तत्कालीन नेपाली काँग्रेसको नेतृत्वमा भएको सरकारले भारतले नाकाबन्दी गरेको स्वीकार गर्न हिम्मत गरेको थिएन । भारतीय पक्षको बचाउमा केही मधेसवादी दलहरुले राम्रैसित साथ दिएका थिए । आम नेपालीहरुलाई भारतले नाकाबन्दी गरेको थाहा भइसक्दा पनि मधेसवादी दलहरु भने भारतको बचाउ गर्दै आफूहरुले काठमाडौंवासीलाई नाकाबन्दी गरिदिएको बताउने गर्दथे ।
कालोबजारी हुन नदिन सरकार चनाखो र तैनाथ रहेको अधिकारीहरुले ‘रेडिमेट’ जवाफ भने दिई नै रहेका छन् । तर बजार अनुगमन भएको छैन । बजारमा खाद्य सामानहरुको कृत्रिम अभाव सिर्जना हुन थालेको छ । विशेषगरी खाना पकाउने ग्याँसको त झन करिव १५–२० दिनेदेखि नै अभाव भइसकेको छ । ग्यास क्रेताहरु बिक्रेताकोमा घण्टौ लाइन लागेर एक सिलिण्डर ग्याँस प्राप्त गर्दा ठूलै युद्ध जितेको अनुभूति गर्न थालेका छन् । यसैगरी पेट्रोलियम पदार्थमा पनि अभाव सिर्जना गरिएको छ । सडक छेउका पेट्रोल पम्पहरुमा ‘छैन’ भन्ने प्लेट झुण्ड्याइएको छ । मोटरका लाम लाग्न देखिन थालेको छ । खाने, लगाउने, बाल्ने र कुदाउने सबैमा सामग्रीमा कृत्रिम अभाव देखिदैछ ।
जनतालाई राज्यले दिने सेवा सुविधा नयाँ संविधानमा संघीयता सुनिश्चित भएपछि झन् जनताको घर दैलोमा पु¥याउँदै लानु पर्नेमा आँखामा छारो हाल्ने र झारो टार्ने काम मात्र भइरहेको छ । जनतालाई कालोबजारीको चङ्गुलबाट मुक्त गराउनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले ठोस नीति बनाएर सहुलियत बजारलाई तत्काल सदावहार रुपमा कार्यान्वयन गर्न बिल्कुल ढिला गर्नु हुँदैन ।
सरकारले विशेषगरी दशैँ, तिहार र छठमा काठमाडौं उपत्यका लगायत देशका मुख्य सहरबजारमा सहुलियत पसल सञ्चालन गर्छ र ती पर्वहरु सकिएपछि सहुलियत बजार हटाउने गरेको छ । तर सरकारले जनताको सहजताका लागि र सधैँका लागि कलोबजारी न्यूनीकरण र अन्त्यका लागि त्यस्ता पसलहरु हटाउने होइन झन् बिस्तार गर्दै लैजानु पर्छ । जनतालाई राज्यले दिने सेवा सुविधा नयाँ संविधानमा संघीयता सुनिश्चित भएपछि झन् जनताको घर दैलोमा पु¥याउँदै लानु पर्नेमा आँखामा छारो हाल्ने र झारो टार्ने काम मात्र भइरहेको छ । जनतालाई कालोबजारीको चङ्गुलबाट मुक्त गराउनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले ठोस नीति बनाएर सहुलियत बजारलाई तत्काल सदावहार रुपमा कार्यान्वयन गर्न बिल्कुल ढिला गर्नु हुँदैन ।
कतिबेला संकट देखापर्छ र मनग्य कमाउँ भन्दै कालोबजारीको ध्याउन्नमा लागेका त्यस्ता आपराधिक मानसिकताका ब्यापारीहरुको पहिचान गरी उनीहरुलाई कालोसूचिमा राख्ने, जरिवाना तिराउने र कानून बमोजिम कडा कारवाही गर्ने काम सरकारले तत्कालै गर्नु पर्छ । त्यस्ता ठग प्रवृत्तिका ब्यापारीहरुलाई सरकारले कुनै पनि राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी कारबाही गर्ने हो भने संकटका बेला कालोबजारी गर्न पल्केकाहरु निरुत्साहित हुने पक्का छ ।
कोरोनाको बहानामा यतिबेला कालोबजारीहरुले बजारमा मास्कको कृत्रिम अभाव पनि सिर्जना गरेका छन् । केही कलोबजारीहरुलाई सरकार र प्रहरी प्रशासनले पहिचान गरी कारबाहीको प्रक्रिया पनि अगाडि बढाएको बिभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन/प्रसारण भइरकेका छन् । मूल्यबृद्धि, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी मौकाको फाइदा उठाउन पल्केकाहरुलाई कारबाहीको दायरामा ल्याउन आम सचेत नागरिकले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । कहीँ कतै आफू ठगिएको महसुस भएमा र कालोबजारी भएको थाहा पाएमा स्थानीय प्रशासनले पनि नजिकैको प्रहरीलाई खबर गर्न बिभिन्न सञ्चारमाध्यममार्फत आग्रह गरिरहेको छ । नागरिक, समुदाय र प्रहरीको मिलेमतोमा नै समाजमा भएका कुरितीहरुको अन्त्य गर्न सकिने भएकाले आमजनता पनि अधिकारका लागि सचेत हुन जरुरी छ ।
चीनले बुहानबाट कोरोना भाइरस अन्य प्रदेश र प्रान्तमा फैलिन नदिई कुशलतापूर्वक नियन्त्रण ग¥यो र विश्वका अन्य मुलुकलाई खुला हृदयका साथ आर्थिक तथा भौतिक सहयोग ग¥यो, त्यो नै आम विश्वका कोरोना पीडित देश, जनता र मानव जातिका लागि सुनौलो उपहार हो ।
विभिन्न समयमा मौसमी तथा प्राकृतिक अभाव र प्रकोपहरु देशमा खड्किने गर्छन् । त्यस्ता प्रकोपहरुको सामना र समाधान गर्नका लागि सरकार हरदम तयारी अवस्थामा रहनु पर्छ । अहिले देखा परेको विश्व महामारी रोग कोरोनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका प्रमुखहरुबीच गत आइतबार भिडियो कन्फरेन्स गरी यसका बिरुद्ध साझा मोर्चाबन्दी गर्दै अगाडि बढ्ने प्रस्ताव गरेका छन्, जुन विश्वका अन्य मुलुक र उनीहरुका क्षेत्रीय संगठनहरुका लागि पनि नयाँ सन्देश र शिक्षा हो । यतिबेलाको मूल एजेण्डा भनेको सबै राष्ट्रहरुले आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर आममानव जातिको भलाइका निम्ति सकेको योगदान दिनु नै हो । यसका लागि चीनले बुहानबाट कोरोना भाइरस अन्य प्रदेश र प्रान्तमा फैलिन नदिई कुशलतापूर्वक नियन्त्रण ग¥यो र विश्वका अन्य मुलुकलाई खुला हृदयका साथ आर्थिक तथा भौतिक सहयोग ग¥यो, त्यो नै आम विश्वका कोरोना पीडित देश, जनता र मानव जातिका लागि सुनौलो उपहार हो । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया