कोरोनाबारे जी ट्वेन्टीको भिडियो कन्फ्रेन्स गराउन भारत र साउदी अरब सहमत

कोरोनाबारे जी ट्वेन्टीको भिडियो कन्फ्रेन्स गराउन भारत र साउदी अरब सहमत

काठमाडौ । हालै सम्पन्न सार्कस्तरीय देशहरूको भिडियो कन्फ्रेन्स गराएजस्तै भारत र साउदी अरब ठूला अर्थतन्त्र र शक्तिशाली देशहरूको समूह जी ट्वेन्टीको भिडियो कन्फ्रेन्स गराउन सहमत भएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भएको टेलिफोन वार्ताबाट जी ट्वेन्टीको भिडियो कन्फ्रेन्स गराउन सहमति बनेको हो ।

सार्कको भिडियो कन्फ्रेन्सबाट कोरोनाभाइरसबारे आवश्यक मापदण्ड बनाउन एक आपसको अनुभव साटासाट गरिएको थियो । यसलाई दुबै नेताले राम्रो पहल मानेका थिए ।  सार्कमा भिडियो कन्फ्रेन्समा राष्ट्र प्रमुख र सरकार प्रमुखले सहभागीता जनाएर कोरोनाभाइरसको बुझाइ, अवस्था र कार्यान्वयनका विषयमा आफ्ना अनुभव साटासाट गरेका थिए ।

त्यस कन्फ्रेन्सबाट कोरोनाभाइरस विरूद्धको लडाइँका लागि एक कोष निर्माण गर्ने सहमति कायम गरिएको थियो ।