चीनमा नयाँ वर्षको दुई महिनामा १० लाख बढी नयाँ रोजगार सिर्जना

चीनमा नयाँ वर्षको दुई महिनामा १० लाख बढी नयाँ रोजगार सिर्जना

काठमाडौ । चीनले  रोजगार स्थायित्व बलियो पार्ने सरकारी सुधार कार्यक्रम अन्तर्गत सन् २०२०को दुई महिनामा १० लाख बढी नयाँ रोजगार सिर्जना भएको छ ।

आर्थिक अभिवृद्धिका नयाँ चालकहरू बलियो पार्न  , डिजिटल इकोनोमी र रोजगार स्थायित्वका लागि उद्योगको नयाँ स्वरूप विकास गर्न चिनियाँ सरकारले अगाडि बढाएको सुधार कार्यक्रमलाई गहिरो पारिने प्रधानमन्त्री लि केकियाङको अध्यक्षतामा मंगलबार बसेको राज्यपरिषदको कार्यकारी बैठकमा निर्णय गरिएको छ ।

इन्टरनेट जोडिएका उद्यम र नवपर्वतनका अभिप्रेरणालाई प्रोत्साहन गर्न ,व्यावसायिक स्टार्टअप खोल्न बढी भन्दा बढी अवसर सिर्जना गर्न, रोजगार सिर्जना र लोचदार रोजगारका लागि सरकारी कार्यहरूलाई गहिरो पार्नुपर्ने आवश्यकतामा प्रधामन्त्री लिले जोड दिए ।

नेशनल ब्युरो अफ स्टेटिस्टिक्सले सोमबार जारी गरेको डेटामा  यो वर्षको पहिला दुई महिनामा नयाँ शहरिया रोजगार १० लाख ८ हजार सिर्जना भएको जनाएको छ । सर्वेक्षण अनुसार शहरिया रोजगार दर फेब्रुअरीमा  जनवरीको तुलनामा १ प्रतिशतले बृद्धि भइ ६.२ प्रतिशत रहेको देखिएको छ ।

रोजगार स्थायित्व कायम राख्नु यो वर्ष मुख्य प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री लिले  यसका लागि सहयोगी विभागहरूले मिलेर सहयोग गर्नै पर्ने बताए । कोरोनाभाइरसको अवस्थाबाट सहज हुँदै मानिसहरूलाई काममा फर्काउन र रोकिएको काम पहिलेको अवस्थामा फर्काउन बैठकले आग्रह गरेको थियो ।

डिजिटलमा आधारित अर्थतन्त्रमा नयाँ रोजगारको सिर्जना गर्नु पार्ने काममा धयान दिनुपर्ने सो बैठकले आह्वान ग¥यो ।