चीनमा बाहिर संक्रमित भइ आउनेहरूको संख्या स्थानीय संक्रमित भन्दा लगातार पाँचौ दिन बढी

 चीनमा बाहिर संक्रमित भइ आउनेहरूको संख्या स्थानीय संक्रमित भन्दा लगातार पाँचौ दिन बढी


काठमाडौ । चीनमा स्थानीयरूपमा संक्रमित हुनेहरूको तुलनामा विदेशमा संक्रमित भइ आएका  नयाँ संक्रमितको संख्या लगातर पाँचौ दिन बढी भएको देखिएको छ ।

संक्रमित याुत्रहरूले चीनको प्रमुख शहर बेइजिंग, संघाइँ , गुआझाओ र शेन्झेनमा घुमेका छन् । चीनको मुख्यभूमिमा १३ नयाँ संक्रमित मंगलबार फेला परेको पुष्टि गरियो । एक दिन अघि नयाँ संक्रमित २१ जनाको  तुलनामा कम भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

१३ मध्ये १२ विदेशबाट आएका संक्रमित यात्रुहरू रहेको आयोगले जनाएको छ ।

गत वर्ष हुबेइको राजधानी वुहानमा  स्थानीयरूपमा फैलिएको कोरोनाभाइरसको तरङ्गको तुलनामा मंगलबार नयाँ संक्रमित १ जना मात्र फेला परेको हो ।

बेइजिङमा ३ नयाँ संक्रमित देखा प¥यो । एक दिन अघि बेइजिङमा ९ जना नयाँ संक्रमित देखिएको थियो । संघाइमा एक दिन अघिको तुलनामा कुनै परिवर्तन नभइ ३ जना नयाँ संक्रमित देखियो ।

दक्षिण गुआङदोङमा आयातित संक्रमण ३ भन्दा बढेर ५पुग्यो । थाइल्यान्ड, बेलायत र नेदरल्यान्डबाट आएकाहरूमा संक्रमण भएको देखिएको छ ।दक्षिण पश्चिमको सिचुआनमा १ संक्रमित देखियो ।

समग्रमा बाहिरबाट आएकाहरूमा संक्रमितहरूको संख्या मंगलबार १५५ पुगेको छ । यो एक दिन अघिको तुलनामा १२ जना बढी रहेको छ । यो सबै गरी चीनको मुख्यभूमिमा संक्रमितहरूको संख्या ८०८९४ पुगेको स्वास्थ्य प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी मर्नेहरूको संख्या मंगलबारसम्म ३२३७ जना पुगेको छ । एक दिन अघिको तुलनामा मर्नेहरूको संख्या ११ले बढेको छ ।