मैतिदेवी पेट्रोल पम्पको कालोबजारी : सरकारले तिरायो दुई लाख जरिवाना
काठमाडौँ, ५चैत । कोरोना भाइरसको विश्वब्यापी सन्त्रास फैलिरहेको आवस्थामा नेपालमा कालोबजारीहरु सल्बलाउन थालेका छन् । नेपाल सरकारले बजार अनुगमको काम पनि भर्खरैदेखि सुरु गरेको छ ।
पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको संयुक्त अनुगमन टोलीले काठमाडौंका मैतिदेवी पेट्रोल पम्पलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाइयो,’ विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले भने, ‘पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार राति नै जरिवाना गर्यौं ।’
निगमले पर्याप्त इन्धन पठाएको दाबी गरे पनि बजारमा उपभोत्ताको लाइन छ । केही पम्पहरु बन्द नै छन् । इन्धनका लागि सर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गरेको मन्त्रालयले जनाएको छ ।
अनुगमनको क्रममा उपभोक्ताहरु नाकाबन्दीको बेला भएको न्यून आपूर्तिको त्रासले मौज्दात राख्न थालेकाले आपूर्तिमा समस्या देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया