फेरि १० लाख मास्क बरामद , प्रक्रिया पुर्याएर तत्काल बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन
राजधानीबाट फेरि सर्जिकल मास्क बरामद भएको छ । काठमाडौं सानो भर्यााङबाट १० लाख मास्क बरामद गरिएको हो । नेपालमा संभावित कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी शुरु भएसँगै आएका गुनासोहरुलाई सम्बोधन गर्न प्रहरी आक्रामक रुपमा प्रस्तुत भएपछि उक्त मास्क बरामद भएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो । माक्ससँगै पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले बरामद भएको उक्त मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया