चितवनमा कोरोना अस्पतालको चौविसघण्टे प्रगति यस्तो 

चितवनमा कोरोना अस्पतालको चौविसघण्टे प्रगति यस्तो 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई लक्षित गर्दै पूर्वतयारी स्वरुप चितवनमा ७२ घण्टा भित्रमा ७० बेडको कोरोना विशेष अस्पताल बनाउने घोषणा भएसँगै स्थानीयहरु खुसी हुनेनै भए।  अझ ७२ घण्टा समय तोकिदा सबैको चासोको विषय समेत बन्यो । 

तर निर्णय भएको २४ घण्टा पुग्दा समेत खासै प्रगति देखिएको छैन  । यद्यपी २४ घण्टाको समयमा अस्पताल निर्माणस्थल चितवन प्रदर्शनी केन्द्रको मुल गेटमा दुई वटा बोर्ड टाँसिएको छ र सरसफाई समेत गरिएको छ । 

प्रदर्शनी केन्द्र निर्माण पहिल्यै भइसकेकाले हल निर्माणमा समय लाग्ने भएतापनि अस्पतालमा हुनुपर्नेअन्य संरचना राख्नमा ढिलाई भइरहेको छ । यस्तो अवस्थामा ७२ घण्टा भित्रमै पूर्णरुपमा अस्पतालको संरचना आउला भन्न सक्ने स्थिति देखिँदैन ।

भरतपुर महानगरपालिकाको समन्वयमा मंगलबार बिहान बसेको सरोकारवालाको बैठकले टास्क फोर्स कमिटि गठन गर्दै ७२ घण्टा भित्रै ७० बेडको अस्थायी अस्पताल बनाउने निर्णय गरेको थियो । त्यसको चौविसघण्टामा आज विहान प्रदर्शनी केन्द्रमा सरसफाई गरिएको छ । यस बाहेकको प्रगति भने भएको देखिँदैन ।