भोलिदेखि तय भएको एसईई परीक्षा स्थगित

भोलिदेखि तय भएको एसईई परीक्षा स्थगित

सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय गरेसँगै ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थीको भोलीदेखि शुरु हुने भनिएको एसईई परीक्षा हाललाई स्थगित भएको छ । 

उक्त निर्णय बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । अब परीक्षा कहिले हुन्छ भनेर सरकारले केही बताएको छैन । 

परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी मध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।