चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित

चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित

सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

यसअघिनै एसईई परीक्षा स्थगित भइसकेको छ भने राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर, केही घन्टापछि नै परीक्षा रोक्ने सरकारी निर्णय भएको हो ।