कोरोनाभाइरसले अर्थतन्त्रमा गरेको प्रहारले अमेरिकी स्टक मार्केट झ-यो 

कोरोनाभाइरसले अर्थतन्त्रमा गरेको प्रहारले अमेरिकी स्टक मार्केट झ-यो 


काठमाडौ । कोरोनाभाइरसले गर्ने असर कम गर्ने सरकारी प्रयासका बाबजुत अमेरिकी स्टक मार्केट फेरि एक पटक  तल झरेको छ । लगानीकर्ताहरूलाई सरकारी प्रयासले विश्वास दिलाउन नसक्दा  वाल स्ट्रिट तलतिर बुधबार झरेको हो ।

डउ जोन्सको औद्योगिक शेयर औसतमा १३०० विन्दु तल गएको हो । बजार खुलेको घन्टी बज्ने लगत्तै बजारमा यस्तो अवस्था देखियो । एसएन्डपी ५०० इन्डेक्स र नस्दक कम्पोजिटले चार प्रतिशतले तल झरेको देखियो । यस अघि लन्डन, फ्रयांकफर्ट र पेरिसको स्टक बजारमा पनि ५ देखि ६ प्रतिशतले गिरावट आएको छ ।

अस्ट्रेलियामा एसिया प्रशान्त क्षेत्रको शेयरमा ६ प्रतिशत भन्दा बढीले गिरावट देखियो । हङकङको हाङसेङ ४ प्रतिशत भन्दा बढीले झ¥यो भने चीनको संघाइ कम्पोजिट र जापानको निक्की २२५ दुबैमा १ देखि डेढ प्रतिशतको गिरावट रेकर्ड गरियो ।

सरकारले विश्व बजारलाई जोगाउन केन्द्रीय बैंकको मार्फत प्रोत्साहन कार्यक्रम सार्वजनिक गरेपनि बजारमा लगानीकर्ताहरूमा विश्वास पलाउन सकेको छैन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले दुई कार्यक्रम सार्वजनिक गरेको छ । १ ट्रिलियन अमेरिकी डलर बराबरको रकम बजारमा ल्याउने योजना फेडले सार्वजनिक गरेको छ ।

व्यवसायलाई तिनका कामदारलाई भुक्तानी गर्न वित्तीय आवश्यकता पूरा गर्न अल्पकालीन ऋण उपलब्ध गराउन सक्ने उद्देश्यले यो रकम बजारमा ल्याउने योजना रहेको छ ।