प्लास्टिक र स्टेनलेस स्टिलमा कोरोनाभाइरस तीन दिनसम्म बाँच्न सक्छ
काठमाडौ । नयाँ कोरोनाभाइरस प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा तीन दिनसम्म बाँच्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अनुसन्धानकर्ताहरूले गरेको यो नयाँ अध्ययन द न्यू इंग्ल्यान्ड जरनल अफ मेडिसिनमा सार्वजनिक गरिएको छ । हावाको सानो बिन्दु भएको ठाउँमा यो तीन घन्टासम्म बाँच्न सक्छ ।
अमेरिकी राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानको आर्थिक सहयोगमा भएको यो अध्ययन गत साता अनलाइनमा शुरूवाती पोस्ट गरिएको भएपनि यसको विस्तृत जानकारी द लेटर टयुज्डेमा प्रकाशित गरिएको हो ।
अध्ययनका अनुसार प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा ७२ घन्टासम्म , तामाको सतहमा ४ घन्टासम्म ,कार्डबोर्डमा २४ घन्टासम्म र हावाका तीन घन्टासम्म यो कोरोनाभाइरस बाँच्न सकिने छ ।
यसबारे थप अध्ययन भइरहेको छ । यसबाट बच्न वा यसको संक्रमणबाट बच्न साबुन पानी वा अल्कोलहको झोलबाट सरसफाइ गर्नु पर्ने अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण विभाग सीडीसीले वेबसाइटमा उल्लेख गरेको सीएनएनले जनाएको छ ।
प्रतिक्रिया