चीनको वुहानमा नयाँ संक्रमित शुन्य 

 चीनको वुहानमा नयाँ संक्रमित शुन्य 

काठमाडौ । चीनको वुहानमा कोरोनाभाइरसबाट नयाँ संक्रमित शुन्यमा झरेको छ । चीनको वुहानबाट फैलिएको भनिएको कोरोनाभाइरसबाट बुधबार नयाँ संक्रमित देखा नपरेको हो ।

एक महिना अघि एक दिनमा हजार भन्दा माथि नयाँ संक्रमित भइरहेको ठाउँमा शुन्यमा झरेकोले यहाँबाट जीवन फेरि पुरानो अवस्थामा फर्काउनेबारे त्यहाँका अधिकारीहरूले विचार गरिरहेकाछन् ।

वुहानमा उपचार गराइरहेका विरामीहरू मध्ये ७९५लाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । ६ हजार ६३६ भर्ना भएका बिरामी मध्ये १८०९ जनाको स्थिति गम्भीर र ४६५ जनाको अवस्था जटिल रहेको सिन्ह्वाले जनाएको छ ।

स्थानीयरूपमा संक्रमित हुनेको संख्या चीनको मुख्य भूमिमा घटदै आएको देखिएको छ । बाहिर संंक्रमित हुनेहरूको संख्या भने बढेको देखिएको छ । बुधबार बाहिरबाट संक्रमितको संख्या ३४ पुगेको हो ।