अमेरिकी केन्द्रीय बैंकद्वारा दुई दिनमा तेस्रो संकटकालीन कार्यक्रम सार्वजनिक

 अमेरिकी केन्द्रीय बैंकद्वारा दुई दिनमा तेस्रो संकटकालीन कार्यक्रम सार्वजनिक

काठमाडौ । कोरोनाभाइरसको प्रहारबाट जोगाउन अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले दुई दिन भित्र तेस्रो पटक संकटकालीन कार्यक्रम सार्वजनिक गरेको छ ।

विश्वका सरकारले विश्वको स्टक बजारलाई जोगाउन प्रयास गर्दा गर्दै पनि ओरोलो लाग्न नरोकिएपछि फेडले तेस्रो पटक संकटकालीन कार्यक्रमहरू सार्वजनिक गरेको हो । युरोपेली केन्द्रीय बैंक इसीबीले पनि ७५० अर्ब युरो बराबरको कार्यक्रम सार्वजनिक गरेको छ ।

युरोपली, अस्टेलियाली, दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बजारको गिरावट रोक्न असफल भएपछि अर्को कार्यक्रम ल्याएको हो ।

फेडले नयाँ मनि मार्केट म्युचल फन्ड लिक्विडिटी फ्यासिलिट(एमएमएलएफ) बुधबार अबेर राति सार्वजनिक गरेको छ । यो सन् २००८मा वित्तीय बजार धराशायी भइरहेका बेला ल्याइएको कार्यक्रम जस्तै यो एमएमएलएफ रहेको छ ।

 बोस्टनको फेड शाखाले यसको प्रवन्ध गर्नेछ । यसैबीच युरोपेली केन्द्रीय बैंक इसीबीले ८२० अमेरिकी डलर बराबरको ऋणपत्र सन् २०२० भर खरिद गर्ने घोषणा गरेको छ । कोरोनाभाइरसको असरबाट बजारलाई जोगाउन युरोपको अर्थतन्त्रमा यो रकम प्रसार गर्न लागेको हो ।

दक्षिण कोरियाली राष्ट्रपति मून जाएले ३९ अर्ब अमेरिकी डलर बराबरको सहयोग साना व्यवसायमा प्रसार गर्ने घोषणा गरेका छन् ।न्यून दरमा ऋण उपलब्ध गराउने योजना रहेको मूनले बताए ।

बैंक अफ जापानले ९ अर्ब अमेरिकी डलर बराबरको सरकारी ऋणपत्र खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।