त्रिभुवन विश्वविद्यालयद्वारा सरकारी निर्णयको अटेर ; आजको परीक्षा सुचारु
काठमाडौं, ६ चैत । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले आजबाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ । त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बनेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार नै बिहीबारदेखिका सबै परीक्षा तथा पठनपाठन रोक्ने निर्णय गरेको थियो। सत्तारुढ नेकपा सचिवालयको निर्देशनपछि सरकारले यस्तो निर्णय गरेको थियो। लगत्तै शिक्षा मन्त्रालयले पनि सबै परीक्षा रोक्न निर्देशन जारी गरेको थियो।
तर, त्रिविले बिहीबार बिहानका सबै परीक्षा सञ्चालन गर्यो भने मध्यान्हदेखि सुरु परीक्षा पनि जारी रहने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। सरकारले गरेका निर्णय त्रिविले किन मानेन भन्ने प्रश्नमा उपकुलपति धर्मकान्त बाँस्कोटाले भने, ुत्रिविको कार्यकारी परिषद्ले निर्णय नगरी पूर्वनिर्धारित परीक्षा स्थगित गर्न मिल्दैन।ुउनले चैत ७ गते शुक्रबारदेखिका परीक्षा स्थगित गर्नेबारे कार्यकारी परिषद्को आपत्कालीन बैठक बिहीबार बस्ने पनि बताए। उनले सरकारको निर्णयअनुसार शुक्रबारदेखि हुने परीक्षालाई परिषद्ले स्थगित गर्ने पनि बताए। कान्तिपुरबाट
प्रतिक्रिया