लोकसेवा आयोगका सबै परीक्षा स्थगित 

लोकसेवा आयोगका सबै परीक्षा स्थगित 

काठमाडौं, ६ चैत । कोरोना भाइरसको संक्रमणको त्रासले लोकसेवा आयोगले चैत ८ गतेदेखि चैत मसान्तसम्मका सबै परीक्षा स्थगित गरेको छ।

आयोगले अर्को सूचना जारी नभएसम्मका लागि लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित भएको उपसचिव एकनारायण शर्माले सूचनामार्फत जनाएका छन्। कोरोनाको त्रासकै कारणले सरकारले बुधबार एसईई र सबै विश्वविद्यालयले लिने परीक्षा स्थगित गरिसकेको छ।