चिडियाखाना पनि बन्द हुँदै 

चिडियाखाना पनि बन्द हुँदै 

ललितपुर, ६ चैत । शुक्रबारदेखि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना बन्द हुने भएको छ ।

कोराना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर चिडियाखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको चिडियाखानाका प्रमुख चिरत्र्जीविप्रसाद पोखरेलले जानकारी दिए । 

चिडियाखाना भिडभाड हुने ठाउँ भएको र सरकारको सूचना पालना गरेर बन्द गर्ने निर्णय भएको प्रमुख पोखरेलको भनाइ छ ।