मोदीले नयाँ रूसी राइफल उत्पादन गर्ने कारखाना खोले

मोदीले नयाँ रूसी राइफल उत्पादन गर्ने कारखाना खोले

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं नयाँ रूसी राइफल उत्पादन गर्ने कारखानाको उद्घाटन गरेका छन् । यो कारखानाले क्लाशनिकोभ नाम गरेको रूसी राइफलको उत्पादन गर्ने भएको छ । यसलाई एके–२०३ भनिएको छ । भारतीय सेनाले बोक्ने गरेको पुरानो राइफलको ठाउँमा यो राइफल दिइने छ ।

नेपालको दक्षिणी सीमासँग जोडिएको भारतको उत्तर प्रदेशको अमेठीमा यो कारखाना खोलिएको हो । आगो ओकल्ने यो नयाँ क्लाशनिकोभले भारतको सेनालाई आतंकवादी र पृथकतावादी समूहसँग लड्न सहयोग हुने मोदीले अपेक्षा व्यक्त गरे ।

त्यसक्रममा मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कारखाना स्थापना गरेको सहयोगको प्रशंसा गरेका थिए । ७.६२ एमएम आक्रमण गर्ने राइफल एके–२०३ को ७ लाख ५० हजार थान उत्पादन गर्न भारत र रूसको संयुक्त लगानीमा निर्माण भएको छ ।

 २०३ मोडल एके–१०० सेरिजमा आधारित राइफल हो । यो राइफलको बटस्टकलाई फोल्ड गरी मिलाउन सकिने विशेषता हो । यो राइफल अहिले रूसको विशेष सैनिक समूहले बोक्ने गरेको छ । यो बनेपछि भारतीय सेनाले बोक्ने गरेको ५.५६ एमएम इन्सास राइफललाई विस्थापित गरिनेछ । इन्सास राइफल १९८० को दशकमा विकास गरिएको राइफल हो ।

 विश्व झण्डै शीतयुद्धको प्रक्रियामा गइरहेको बेलामा रुसको हतियार भारतले यतिवेला लिनु, मिलेर उत्पादन गर्नुले विश्वमा नयाँ ढंगले चर्चा चलेको छ ।