मोदीद्वारा  सोसल डिस्टेन्सिङको निरन्तरता 

मोदीद्वारा  सोसल डिस्टेन्सिङको निरन्तरता 

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसबाट जुध्न चिनियाँ बाटो“सोसल डिस्टेन्सिङ” अपनाउन देशवासीलाई आग्रह गरेका छन् । अनावश्यक कुरो गरेर भीड लगाउन र भीड हेर्न भीड लगाउने बानी छोडेर घरमै बस्न मोदीले देशबासीलाई सम्बोधन गर्दै आग्रह गरेका हुन् ।

चीनको नाम नलिएर विदेशको अनुभवलाई निकट भइ अध्ययन गरी यो विधि अपनाएको मोदीले भनेका हुन् । उनले ६० वर्ष माथिका जनतालाई घरमै बस्न आग्रह गरेका छन् । यसलाई उनले जनता कफ्र्यु नाम दिएका छन् ।

२२ मार्च ७ बजे देखि राति ९ बजेसम्म जनता कफ्र्यु लगाउन भनेका हुन् । यसबारे बच्न पाउने औपचारिक तथा प्रमाणित विधि अपनाउन आग्रह गर्दै मोदीले अन्य थप बाटोबारे विज्ञहरूबीच छलफल अगाडि बढाएको समेत बताएका छन् ।

आर्थिक क्षतिका लागि वित्तमन्त्रीको नेतृत्वमा एक संयन्त्र बनाइएको र यसल कसलाई के सुविधा दिने त्यसको अध्ययन  गर्ने उनले जनाए । कोरोनाबाट आफू जोगिएर अरूलाई जोगाउन सजगताबारे भन्न मोदीले भारतीय जनतालाई आग्रह गरे ।

सोसल डिस्टेन्सिङका लागि मोदीले संघीय सरकार, प्रान्तीय सरकार र स्थानीय निकायलाई सक्रियता पूर्वक लाग्न भनेका छन् । यो भाइरसको कुनै भ्याक्सिन नभएकाले सोसल डिस्टेन्सिङ नै प्रभावकारी भएको उनको भनाइ थियो । साथै उनले जनतालाई दैनिक उपभोगको सामानको होर्डिङ नगर्न आग्रह गरे ।

चीनले कोरोनाभाइरस प्रभावित क्षेत्रमा सोसल डिस्टेन्सिङबाट प्रभावकारी सफलता पाएको देखेर मोदीले पनि यस्तो विधि आफ्नो तरिकाले अपनाएका छन् ।