७ साल ३ महिना ४ दिन पछि इन्साफमा  निर्भयालाई बलत्कार गर्ने दोषी चारै जनालाई फाँसी दिइयो

७ साल ३ महिना ४ दिन पछि इन्साफमा  निर्भयालाई बलत्कार गर्ने दोषी चारै जनालाई फाँसी दिइयो

काठमाडौ । १६ डिसेम्बर २०१२ राति दिल्लीमा निर्भयासँग बलत्कार गर्ने बलत्कारीलाई शुक्रबार फाँसीमा झुण्डयाइयो ।  

यो घृणित घटना भएको ७ साल ३ महिना ४ दिन पछि दोषी अभियुक्त भएका चारै जनालाई २० मार्च २०२०का दिन ५ बजेर ३० मिनेटमा फैसला बमोजिम फाँसीमा झुण्डयाइयो ।

मुकेश , अक्षय, विनय र पवन नाम गरेका दोषीलाई फाँसी दिइएको हो ।

तिहाड जेलको नम्बर ३ जेलमा बनेको फाँसी घरमा उनीहरूलाई सो सजाय दिइयो ।पवन नामका जल्लादले फाँसीमा झुण्डयाएको ४० मिनेट पछि मृत घोषित गरिएको थियो ।

उनीहरूलाई फाँसी दिइएपछि  पीडित निर्भयाकी आमा आशा देवीले आज देशकी छोरीहरूलाई न्याय मिलेको बताइन् । आज छोरी बाँचेकी भए डाक्टरकी आमा हुन्थी भन्दै उनले अब निर्भयाकी आमाले चिनिन्छु भनिन् ।