कोरोनाका कारण नासाका दुई रकेट विभाग बन्द
काठमाडौ । अमेरिकाको अन्तरिक्ष विज्ञान अध्ययन सस्थान नासाका दुई रकेट विभागलाई बन्द गरिएको छ । इन्जिनियरमा कोरोनाभाइरस पोजिटिभ देखिएपछि यो निर्णय गरिएको हो । सन् २०२४मा चन्द्रमाको रकेट उडानलाई यसबाट धक्का लाग्ने देखिएको छ ।
अमेरिकाले सन् २०२४मा मानिस सहित चन्द्रमा रकेट उडाउने योजनामा काम गरिरहेकोले सो योजना यसबाट प्रभावित हुने छ ।
दक्षिणी मिसिसिपीस्थित स्टेनिस स्पेस सेटर र न्यु ओर्लियन्सबाट ४० माइल टाढा माइकाउड एसेम्बली फ्यासिलिटी दुबै बन्द गरिएको नासा प्रशासक जिम ब्रिन्डस्टीनले विज्ञप्ति निकालेर जनाएका छन् ।
विज्ञप्तिमा कोरोनाभाइरस संक्रमित सहकर्मी फेला परेपछि यो निर्णय लिइएको जनाइएको छ ।
प्रतिक्रिया