श्रीमान ट्रम्प ,एचवनएनवनलाई अमेरिकनफ्लु भन्दा हुन्छ र ?

श्रीमान ट्रम्प ,एचवनएनवनलाई अमेरिकनफ्लु भन्दा हुन्छ र ?

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरानाभाइरस कोभिड–१९लाई चिनियाँ भाइरस भनेपछि पर्यवेक्षकहरूले नश्लवादी टिप्पणी भनि आलोचना गरिरहेका छन् ।

यो टिप्पणीको बचाउमा ट्रम्पले यो नश्लवादी टिप्पणी नभएको  भनी बताइरहेका बेला देख्ने भन्दा सुन्नेलाई लाज लाग्न थालेको छ ।

सामान्य ज्ञान भएका जो कोहीले यसलाई नश्लवादी अभिव्यक्ति भन्छ  । अमेरिकाले नश्लवादी विभेदकारी नीतिलाई विश्वभर फैलाइरहेको छ ।

अमेरिकामा चिनियाँ वा चिनिया अमेरिकीहरू विरूद्ध विभेद फैलाइँदै छ । राष्ट्रपति ट्रम्पको टिप्पणी पछि अमेरिकामा बसिरहेका चिनियाँ  र चिनियाँ अमेरिकीहरूको जीवनमा कठिनाइ थपिएको छ । ट्रम्पले उनीहरूका लागि जोखिम बढाइदिएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको हितको सर्वोत्तम रक्षा गर्ने प्रयास गर्नु भन्दा बढी उनले  विदेशीहरू विरूद्धको भावना भड्काएर र नश्लवादलाई बढाबा दिइरहेका छन् ।

चीनमा कोरोनाभाइरस पहिलो देखिएको भरमा त्यहाँ यो भाइरस उत्पन्न भएको विश्वास गरी ट्रम्पले यसलाई चिनियाँ भाइरस भन्छन् भने  अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम विभाग सीडीसीले सन् २००९मा फैलिएको एचवनएनवन फ्लु पहिले अमेरिकामा पत्ता लगाएको स्वीकार गरिसकेको अवस्थामा यसलाई ‘युएस वा अमेरिकी फ्लु’ भन्नु पर्ने हुन्छ । 

पर्यवेक्षकहरूले राष्ट्रपति ट्रम्पलाई सोधेका छन् “ श्रीमान ट्रम्प ,एचवनएनवनलाई अमेरिकन फ्लु भन्दा हुन्छ र ?”

चिनियाँ नेताहरूले त्यसलाई अमेरिकी फ्लु भनेर सम्बोधन गरेको भए अमेरिकाले चीनलाई के भनेर सम्बोधन गर्दथे सोचेर जो सुकैले विचार गर्दा हुन्छ ।

अमेरिकाको श्वेत वर्चस्वादी र नश्लवादी लामो इतिहास भएको अमेरिकी अध्ययनबाट प्रमाणित भइसकेको छ । अझ आर्थिक मन्दीले यस्तोमा धेरै अमेरिकीलाई अझ बढी नश्लवादी बनाउँछ ।

अमेरिकाले १८८२मा चिनियाँ बहिष्कार कानुन( चाइनिज एक्सक्लुसन एक्ट)मा पारित गरिएको थियो । त्यतिखेर अमेरिकीहरूले चिनियाँहरूले तिनका रोजगारको अवसर खोसिरहेको विश्वास गर्ने गरेका थिए ।गएको दुई सातामा अमेरिकाको स्टक मार्केटले चार सर्किट ब्रेकरको अनुभव गरिसकेको छ ।

अमेरिकामा वेरोजगारी दर बढ्ने र त्यहाँ नश्लवादी समस्या बनेर आउने छ । अमेरिकामा यो विषय ध्यानदिनु पर्ने भएको छ ।तर ट्रम्पलाई यसको प्रयोग गरी बढी भन्दा बढी भोट ल्याउनुपर्ने छ ।

महामारी नियन्त्रण गरिरहन र जनतामा जागरण संरक्षण गरिरहने दुई विषय अमेरिकामा सर्वाधिक महत्वको विषय बनेको छ । बिहीबार बिहानसम्मको आँकडा अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १० हजार नाघि सकेको छ ।

रोयटर्सले जनाए अनुसार न्यू मेक्सिकोमा ४० जना जति बुधबार मदिरा पार्टी गर्न जम्मा भएका थिए । यो भन्दा निकृष्ट विषय भनेको धेरै अमेरिकीहरूले संक्रमण हुन नदिनका लागि मास्क लगाइरहेका  चिनियाँ जनता सबैलाई संक्रमित भएको ठान्छन् ।

यी अमेरिकीहरूको अज्ञानतामा उनीहरूको नश्लवादी सोच हाबी भइरहेको छ । यस्तो सोच अमेरिकाको महामारी रोकथाममा ठूलो बाधा निम्त्याउँछ ।

यो युग वैश्विकरणको युग हो । ट्रम्पले यो विषयलाई कसरी तिरस्कार गर्छन त्यसले कुनै अर्थ राख्दैन् । कोभिड–१९लाई हुले वैश्विक महामारी घोषणा गरिसकेको छ । यो भनेको यो भाइरस अमेरिकी सीमामा पर्खाल लगाउँदैमा रोकिन सक्ने विषय होइन भन्ने हो ।

यो कठिन समयमा सबै देश मिलेर लड्नुपर्ने आवश्यकता छ । ट्रम्पले बढावा दिइरहेको नश्लवादी सोच अन्य देशमा फैलिन सक्छ । चिनियाँ जनता र एसियाका अन्य देशका जनताका लागि धेरै कठिन समय यसले उत्पन्न गराउन सक्छ । यसका लागि ट्रम्प जिम्मेवार छन् ।

तर एसियाली जनता विरूद्ध हुने भेदभाव विरूद्ध ट्रम्पलाई कुनै मतलव नभएको देखिन्छ । यो स्वास्थ्य संकट नश्लवादी घुणामा परिवर्तन भए यो दुर्भाग्य हुनेछ ।

कोभिड–१९ फैलिरहँदा मानिसहरूले एक अर्कामाथि आक्रमण गर्नु हुँदैन । ट्रम्पले यस्ता आरोप प्रत्यारोपको खेल बन्द गर्नुपर्छ र महामारी रोकथाममा ध्यान दिनुपर्छ ।