अष्ट्रेलियामा ३८ सय जना सवार पानी जहाजका यात्रुमा कोरोना संक्रमण भेटिएपछि आपतकालीन निर्देशन
अष्ट्रेलियामा एउटा पानी जहाज (क्रुज जहाज) का यात्रुमा कोरोना भाइरस संक्रमण भेटिएको छ । कोरोना संक्रमण देखिएपछि अष्ट्रेलियाको सिड्नीमा ओर्लिएका २ हजार ७ सय जना यात्रुलाई अलग्नै क्वारेन्टलाइनमा राख्न निर्देशन जारी गरिएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्य मन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको त्यस पानी जहाजका १३ जना यात्रुको परीक्षण गरिएको र त्यसमध्ये ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेका छन् । उनीहरुलाई अलग्गै राखेर थप परीक्षण र सतर्कता अपनाउने काम भइरहेको छ ।
उक्त जहाज बिहीवार सिड्नीमा रोकिएको थियो। जहाजमा चालक दलका १ सय जना भन्दा बढी सदस्यसहित कुल ३ हजार ८०० जना यात्रु रहेको उल्लेख गरिएको छ । सो जहाज सिड्नीमा फर्कनु अघि न्यूजील्यान्ड पनि पुगेको थियो। अस्ट्रेलियामा ७ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण फेला परिसकेको छ ।
प्रतिक्रिया