मापसे जाँच पनि स्थगित, मापसे क्लास लिनु नपर्ने

मापसे जाँच पनि स्थगित, मापसे क्लास लिनु नपर्ने

कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले हाललाई मापसे जाँच स्थगित गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाले हाललाई मापसे जाँच रोकिएको  जनाएको छ । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उनले जनाए ।

अहिले ज्यादै धेरै मापसे गरेर लरवराउनेलाई भने मुक्ति पाउँदैनन् । पहिले जस्तो मेसिन लगाएर चेक नगरेपनि लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउने र आफन्तको जिम्मा लगाइनेछ ।

ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।