प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने 

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने 

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्माओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । 

सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई  प्रवेश नदिइएको जनाइएको छ । 

सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ ।