स्विट्जरल्यान्ड र अमेरिका विश्वका सबैभन्दा भ्रष्ट देश

स्विट्जरल्यान्ड र अमेरिका विश्वका सबैभन्दा भ्रष्ट देश

विश्वका सर्वाधिक भ्रष्टदेश स्विट्जरल्यान्ड र अमेरिका रहेको एक नयाँ अध्ययनले जनाएको छ । ट्याक्स जस्टिस नेटवर्कले गरेको अध्ययन अनुसार सबैभन्दा भ्रष्ट देशको रूपमा स्विट्जरल्यान्ड रहेको  जनाएको छ । ‘हाइ सेक्रेसी स्कोर’ ७६ अंक पाएको छ । स्विट्जरल्यान्डपछि अमेरिका र केम्यान आइल्यान्ड रहेको जनाइएको छ ।

‘ट्याक्स ह्याभेन’ कर छली गर्ने संसारको बाजे स्विट्जरल्यान्ड रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । सो समूहले फिनान्सिएल सेक्रेसी इन्डेक्स २०१८ को प्रतिवेदनमा यस्तो परिणाम सार्वजनिक गरेको हो ।

उच्च अंक पाउनेहरू धेरै भ्रष्ट रहेको रूपमा तयार पारिएको यो प्रतिवेदनमा अमेरिकाको सेक्रेसी स्कोर ६० रहेको छ । अमेरिका सन् २०१३ मा छैटौं र सन् २०१५ मा तेस्रो स्थानमा रहेकोमा सन् २०१८ मा ६० औं स्थानमा पुगेको उल्लेख छ । अफसोर फिनान्सियल सेवा दिने विश्व बजारमा अमेरिकी हिस्सा बढेर गएको छ । गएको ५ वर्षमा अमेरिकाले ठूलो बजार ओगटेको छ । 


यसैगरी केम्यान आइल्यान्ड, हङकङ, सिङ्गापुर, लगजम्बर्ग, जर्मनी, ताइवान, संयुक्त अरब इमिरेट्स, गुरन्सी सर्वाधिक १० भ्रष्ट देशमा रहेका छन् ।

एक सय १२ देशको मात्र गरिएको यो अध्ययनमा नेपाललाई भने समावेश गरिएको छैन । चीन रूस र भारत भन्दा बढी भ्रष्ट रहेको सो सूचीमा उल्लेख गरिएको छ । रूस भन्दा चीन विश्वमा एक स्थान बढी भ्रष्ट छ भने भारत भन्दा चार स्थानमाथि बढी भ्रस्ट रहेको देखिएको छ । 

 यसैगरी बेलायत र सोलभानियाको ४२, बेल्जियम ४४, स्विडन ४५, लिथुआनिया ४७, इटली र ब्राजिल ४९ स्कोर पाएका छन् ।