कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै पत्ता लाग्दै

कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै पत्ता लाग्दै

७ चैत्र, काठमाडौं । चीनको वुहानबाट फैलिन शुरु गरेको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभरि करिब एक सय ६३ देशमा महामारीको रुपमा फैलिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेकधो संख्याा चीनलाई इटालीले उछिनेको छ । 

संसारभरि १० औं हजारभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसको उपचारको खोजी र नयाँ भ्याक्सिन पत्ता लगाउने दौड धुपमा शक्तिशाली राष्ट्र चीन, अमेरिका, युरोप, जापान लगायतका देश लागिरहेका छन् । यसको रोकका लागि अहिलेसम्म कुनै पनि औषधि या खोप नबनेर पूरा विश्व यसको त्रासमा फैलिरहेको छ ।

यसको लक्षण रुघा, खोकी, श्वास फेर्न गाह्रो र निमुनिया जस्ता लक्षणहरु देखिने छन् । निमुनियाको लक्षण देखिए पनि कुनै पनि निमोनियाको भ्याक्सिनले यसलाई निर्मुल पार्न भने सकेको छैन ।

विभिन्न प्रकारका एन्टिभाइरल ड्रग इम्युनोथेरापी र खोपको प्रशिक्षण भने भइरहेको छ ।

चीनले आफ्ना अजारौंं वैज्ञानिकलाई खोपको रिसर्चको लागि खटाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना देशका फार्मासिस्टलाई खोप अमेरिकामा नै बन्नुपर्छ भन्दै आएका छन् । अमेरिकाको सान डाइगो वायोटेक कम्पनीले डुक युनिभरसिटी (Duke University) र नेशनल युनिभरसिटी अफ सिंगापुर सँगसँगै काम गरेर कोभिड–१९ को खोप उत्पादन गर्दैछन् ।

यतिबेला अमेरिकाले मलेरियाको औषधि प्रयोग गर्न अनुमति समेत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरी कोरोना संक्रमितको उपचारमा सकारात्मक परिणाम देखिएकाले मलेरियाको औषधि प्रयोगको अनुमति दिएको जानकारी दिएका छन् ।

हाइड्रोक्सी क्लोरोक्वाइन नामक मलेरिया र घुडाको औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएकाले यो उपयोगी भएको ट्रम्पको भनाइ छ ।

उपचारपछि सन्चो भएको मानिसको रगत भर्खरै विरामी भएको मानिसमा दिए यस भाइरस शरीरमा विस्तारै फैलिने भन्ने पुष्टि भएको छ ।

भारतका चिकित्सकहरुले पनि यसको उपचारका लागि उनीहरुले प्रयोग गरेको औषधि सफल भइरहेको बताएका छन् । स्वाइन फ्लुको लागि प्रयोेग हुने भ्याक्सिनले कोरोनाको उपचार हुन सक्ने दावी भारतले गरेको छ । विश्वका थुप्रै कम्पनीले आफू भ्याक्सिन बनाउन अन्तिम चरणमा पुगिसकेको बताइरहेका छन् ।

यसबाट हामीले के बुझ्न सक्छौं भने यसको भाइरसको औषधि छिट्टै उत्पादन हुन सक्छ । अहिले उपचारको लागि भ्याक्सिन पत्ता लगाउन नसकिरहेको अवस्थामा सबैले सतर्क अपनाउन जरुरी छ ।

हात साबुन पानीले धुने/हात मुखमा नलाउने र भीड भाडमा नजाने गरेमा यसले चिकित्सकलाई पनि ठूलो सहयोग पु¥याउँछ ।