चीनले सूचना उपलब्ध गराउँदा पनि अमेरिकाले मूल्यवान समय खेर फालेको आरोप
काठमाडौ । अमेरिकाले कोरोनाभाइरसको उपचार खोज्न मूल्यवान समय गुमाएको छ ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले कोभिड–१९को समस्या समाधान गर्ने दिशामा काम गनरी चीन असफल भएको आरोप मात्र लगाइरहेको आरोप लगाएको छ । चिनियाँ भाइरस भनेर आरोप लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा ट्रम्प महामारी(ट्रम्पपान्डेमिक) निम्त्याएको मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ शुआङले अमेरिकामा केही व्यक्तिहरूले चीनको महामारी विरूद्धको लडाइँको आलोचना गर्दै आफ्नो जिम्मेवारी बिर्सेको बताए ।
गएको दुई महिना भन्दा बढी समयसम्म चीनले अमेरिका लागि कोरोनाभाइरस विरूद्धको लडाइँमा उपलब्ध गराएको प्रयास गर्न समयमै सूचना र अन्य सहयोग गरेको प्रवक्ताले बताए । तर राष्ट्रपति ट्रम्प आफैले पनि सो समय खेर फालेको उनको भनाइ छ ।
हालका सातामा अमेरिकी र चिनियाँ स्वास्थ्य अधिकारीहरूबीच भएका संयुक्त बैठकहरूको सूची पत्रकारहरू समक्ष सार्वजनिक गर्दै गेङले यस्तो बताएका हुन् ।
गेङले भने“ अमेरिकाले ठोस तथ्यहरूको सम्मान गर्ने , अन्तर्राष्ट्रिय सार्वजनिक अभिव्यक्तिको सम्मान गर्ने र अन्य देश विरूद्धको आलोचना बन्द गर्ने ,जिम्मेवारी आरूमा सार्नेकाम बन्द गरी महामारी विरूद्धको लडाइँमा संरचनात्मक भूमिका खेल्ने चीनले विश्वास लिएको छ ।”
प्रतिक्रिया