हुका प्रमुख भन्छन् ‘वुहानले बाँकी विश्वमा आशा जगाएको छ’

हुका प्रमुख भन्छन् ‘वुहानले बाँकी विश्वमा आशा जगाएको छ’

काठमाडो ।विश्व स्वास्थ्य संगठन हुका प्रमुखले कोभिड–१९ केन्द्र बिन्दु बनी फैलिएको चीनको वुहानले बाँकी विश्वमा आशा जगाएको बताएका छन् ।

विश्व स्वास्थ्य क्षेत्रमा देखिएको यो गम्भीर संकट फर्किन सक्ने भएपनि वुहानले विश्वमा विश्वास जगाएको उनले बताए । 

हुका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले वुहानबाट महामारी फैलिएयता पहिलो पटक नयाँ संक्रमित देखा पर्न नसक्नु आफैंमा एक सफलता भएको बताए ।

हुबेइको स्वास्थय आयोगले लगातार दुई दिन नयाँ संक्रमित वुहानमा नदेखिएको जनाएको छ । प्राणघातक भाइरस विरूद्धको लडाइले यस्तो स्थिति आएको हो ।

दैनिक जानकारी गराउने उद्देश्यले जेनेभामा महानिर्देशक टेड्रोसले वुहानको अनुभव र प्रयास बाँकी विश्वमा उत्साह थप्ने बताए ।

साथै हुका कार्यकारी निर्देशक माइकल रियानले संक्रमितको संख्या अहिले सानो देखिएको देशहरूका लागि वुहानको सन्देश आशा जगाउने खालको भएको बताए ।

कोरोनाभाइरसबाट विश्वभर २लाख बढी संक्रमित भएको ९ हजार बढीको ज्यान मृत्यु भइसकेको छ । महानिर्देशक टेड्रोसले कोरोनाभाइरस विरूद्धको लडाइमा देशहरूबीचको ऐक्यबद्धता आवश्यक भएको बताए ।