भारतमा कोरोनाको संख्या बढ्यो

भारतमा कोरोनाको संख्या बढ्यो

८ चैत्र, काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका विरामीको संख्या दुई सय ५८ पुगेको छ । त्यसमध्ये दुई सय ३१ को उपचार चलिरहेको छ । २३ विरामी ठीक भइसकेका छन् । भारतमा मर्नेको संख्या चार पुगेको छ । 

दुई सय ५८ जना विरामीमा दुई सय १९ जना भारतीय छन् । ३९ जना विदेशी छन् । भारतका सबैभन्दा बढी कोरोना प्रभावित राज्यमा महाराष्ट्र भएको छ । यहाँ ५२ जनाको कोरोना पुष्टि भएको छ । अहिलेसम्म एक जनाको मृत्यु भएको छ । 

केरलामा ४० जनामा कोरोनाको पुष्टि भएको छ । त्यसमध्ये तीन जना ठीक भइसकेका छन् । दिल्लीमा २६ विरामीमध्ये पाँच जना ठीक भएका छन् । एक जनाको मृत्यु भएको छ । 

नेपालको सिमाना जोडिएको उत्तर प्रदेशमा २४ जनामा कोरोनाको पुष्टि भएको छ । त्यसमध्ये नौ जना ठीक भइसकेका छन् ।