हतियारसहित बिप्लबका जिल्ला इञ्चार्जसहित दुई पक्राउ
जनकपुरबाट प्रहरीको टोलीले घरेलु नलकटुवा पेस्तौलसहित रौतहटबाट आज विहान नेत्रबिक्रम चन्द (विप्लव) समुहका जिल्ला इन्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले रौतहट र मकवानपुरको सिमाना नजिकैबाट बिप्लव समुहका जिल्ला इञ्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङलाई पक्राउ गरेको हो ।
दुबैको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल र एकथान हैण्डगृनेड बरामद् भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए।
प्रतिक्रिया