शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा

शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा

काठमाडौं, ९ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका छन्  । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गरेका छन् भने कोरोनाबाट बच्ने उपाय अपनाएका छन् । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहेका छन् । 

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्छन् नभए भेटघाट पूरै बन्द गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

सल्लाहकार थापाले पहिला जस्तो दौडधूप गर्नुहुन्न तर दैनिक आइपर्ने आवश्यक विषयमा छलफल गर्नुहुन्छ, उहाँ आफैँ स्वास्थ्य उपचारपछि आराममा हुनुहुन्छ, त्यसैले उहाँ स्वास्थ्यप्रति सचेत हुनु स्वाभाविक हो झन् कोरोनाको सङ्क्रमणका कारण सचेत रहने कुरा भई नै हाल्यो भने । 

प्रम ओली कोरोनाप्रति आफू सचेत छन् र अरूलाई सचेत रहन सल्लाह दिन्छन् । शनिबार उनले कोरोनाको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थापाले जानकारी दिए ।

त्यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्र्किएका छैनन् । उनी ‘सेल्फ क्वारेन्टाइन’मा छन् । नेता तथा कार्यकर्तासँग कम भेटघाट गरेका छन् । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गरेका छन् । त्यस्तै कुनै जरुरी भेटघाट छन् भने मात्र भेटघाट गगर्छन् नत्र उनी आफैँ कोरोनाप्रति सचेत भएर बसेका छन् । सल्लाहकार सापकोटाका अनुसार प्रचण्डले मास्क लगाउनुका साथै स्यानिटाइजर प्रयोग गगर्छन् । भेटघाट गर्न आउनेलाई पनि कोरोनाबाट सचेत र सजग रहन सल्लाह दिएर पठाउँछन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गगरेका छन् । तीन दिनदेखि उन िघरमै छन् । कुनै जरुरी र आवश्यक भेटघाट छ भने मात्र भेट्छन् नत्र भेटघाट बन्द नै गरेका छन् । उनका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना भाइरसबाट बच्न उनी सचेत छन् । ।

उनले आफ्ना कार्यकर्ता तथा नागरिकलाई पनि सजग र सचेत रहन सुझाव दिने गरेको स्वकीय सचिव देउवाले बताए। कोरोनासँग एकजुट भएर लड्नुपर्ने सभापति देउवाको जोड रहेको उनले बताए । 
सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिनदेखि नेता तथा कार्यकतासँग भेटघाट गर्न छाडेका छन् । तीन÷चार दिनदेखि घरबाट ननिस्किएका नेता पौडेलले कोरोनाबाट बच्ने उपाय सचेत र सजग भएको बताए । 

जनता सचेत भए भने कोरोनालाई सजिलै जित्न सकिने उनले बताए् । उनले आफू कोरोना भाइरसको सङ्क्रमणप्रति पूरै सचेत र सजग रहेको र अरूलाई पनि सुझाव दिनेगरेको जानकारी दिए ।
हालै स्वास्थ्य उपचार गराएर घर फर्किएका समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निकै सचेत छन्। उनी स्यानिटाइजर गोजीमै बोकेर हिँड्छन् । 

समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेका अनुसार अध्यक्ष भट्टराई अहिले पूर्ण स्वस्थ छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले राजनीतिक भेटघाटका लागि कसैलाई कुनै समय दिएका छैनन् । उनले मैले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गरेको छु, घरमै बसेको छु तर कोही मान्छे सोध्दै नसोधी सीधै घरमा आउँदा फर्काउन नसकेर भेट्ने गरेको छु त्यसबाहेक अरू केही गतिविधि गरेको छैन भने । गोरखापत्रबाट