भारतमा जनता कर्फ्युको प्रभाव, दिल्लीसहित देशैभरका प्रमुख सडक सुनसान

भारतमा जनता कर्फ्युको प्रभाव, दिल्लीसहित देशैभरका प्रमुख सडक सुनसान

८ चैत्र, दिल्ली । कोरोना भाइरसको संकटसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार विहान ७ बजेदेखि राति ९ बजेसम्मका लागि लगाएको कफर््युको असर दिल्लीसहित देशका प्रायः सबै सडकमा असर देखिएको छ । अत्यन्त व्यस्त सडकहरु सुनसान देखिएका छन् । 

नरेन्द्र मोदीले ट्वीट गर्दै यो कोरोनाको संकटको विरुद्धको अभियानमा हिस्सा बन्न र नागरिकलाई संयम बन्नका लागि अपील गरेका छन् । भारतमा महामारीका रुपमा फैलनसक्ने खतराका कारणले त्रसित जनताका लागि यो १४ घण्टे जनता कर्फ्युले सकारात्मक राहत रहेको महसुस गरेको भारतीय मिडियाले जनाएका छन् । 

दिल्ली राज्यमा पाँच जनाभन्दा बढी भेला नहुन रोक लगाउनुका साथै दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाई सित्तैमा राहतको व्यवस्था मिलाइएको छ ।