प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका विषयमा महत्वपूर्ण निर्णय लिने बालुवाटार श्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।