‘असल मित्र’ बितेको बाबुरामले पत्तै पाएनन् कि ? ः दुई दिनपछि दिए श्रद्धाञ्जली !

‘असल मित्र’ बितेको बाबुरामले पत्तै पाएनन् कि ? ः दुई दिनपछि दिए श्रद्धाञ्जली !

 

काठमाडौं । आफ्नो असल मित्रको निधन भएको दुई दिनपछि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपालको पहिलो वामपन्थी अर्थमन्त्री भरतमोहन अधिकारीको निधन गत शनिबार राति भई आइतबार अन्त्येष्टिसमेत गरिसकिएको छ । यद्यपि बाबुरामले भरतमोहनको निधनको पत्तो नपाएका हुन् वा श्रद्धाञ्जली दिन कन्ज्स्युस्याइ गरेका हुन् त्यो भने उनी आफै जानुन् !

उनले सोमबार अपरान्ह १२ वजे आफ्नो फेसबुकमा स्ट्याटस पोष्ट गर्दै लेखेका छन्, ‘वाम लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व तथा असल मित्र भरतमोहन अधिकारीको दुःखद निधनमा हार्दिक श्रद्धाञ्जली १’

सूचना र विश्लेषणमा निकै अगाडि रहने बाबुराम भट्टराई भरतमोहनलाई  श्रद्धाञ्जली दिन किन यति पछि परे ?