अमेरिका विश्वमा कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो देश

अमेरिका विश्वमा कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो देश

९ चैत्र, काठमाडौं । अमेरिकामा २६ हजार सात सय ४७ जना कोरोनाका विरामी भेटिएका छन् । यो संख्या विश्वको तेस्रो धेरै हो । कोरोनाको संक्रमणबाट विश्वमा अहिलेसम्म मर्नेको संख्या १३ हजार जति पुगेको छ । 

यति धेरैको संख्यामा मानिसहरु विरामी भएको पत्ता लागेपछि अमेरिकाका केही राज्यले घरमै रहनका लागि कडाइ गरेको छ । यो भाइरस अण्टार्टिका वाहेक विश्वका सबैजसो ठाउँमा यो भाइरसको प्रभाव देखिएको छ । अमेरिकाका सबै राज्यमा यसको प्रभाव देखिएको छ । 

चीनको वुहानमा देखिएको यो भाइरसलाई चीनले निकै सतर्कतापूर्वक उपचार गरेकाले अन्य क्षेत्रमा विस्तार हुन दिएन । तर, अमेरिकाभरि यो भाइरसको संक्रमण देखिएकाले अमेरिकालाई यसमाथि सफलता पाउन निकै कठिनाइ परेको छ ।