प्रधानमन्त्री–राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए ।
भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, देशको समसामयिक अवस्था र कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेका पहलबारे छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।
प्रतिक्रिया