बहराइनमा ३ जना नेपाली कोरोनाबाट संक्रमित
काठमाडौं, ९ चैत । बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको छ ।
आफुहरुलाई यहाँको सरकारले तीन नेपाली भाइरसबाट संक्रमित भएको जानकारी दिएको उनले बताएका छन् । उनका अनुसार थप एक महिलासहित ३ जनालाई परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ।
प्रतिक्रिया