कञ्चनपुर जिल्ला ‘ लक डाउन’ घरबाहिर निस्किए कारबाही !
जिल्ला प्रशासन कार्यालयले आज रातिबाट कसैलाई पनि घर बाहिर ननिस्कन आदेश दिएको छ।
कञ्चनपुर प्रशासनले आज राति १२ बजेबाट आकस्मिक उपचारबाहेक घरबाट ननिस्कन ‘कफ्र्यू’ सूचना जारी गरेको हो।
सूचनाको बर्खिलाप गरेमा सुरक्षाकर्मीले जाँच गरी कारबाही गर्ने चेतावनीसमेत दिएको छ। प्रशानसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सर्वसाधरण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आह्वान गर्ने। सूचनाको बर्खिलाप विनाकारण घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी कानुन बमोजिम गर्ने।
प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनबासासँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डाचौकी नाकामा चैत ११ गतेदेखि पूर्ण रुपमा आवागमन बन्द गर्ने निर्णय गरेको थियो।
आदेश कर्फ्युजस्तै भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
प्रतिक्रिया