एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।

स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

भारतमा समेत पछिल्लो समय एकैदिन धेरै कोरोनाका विरामी बढ्न थालेका र त्यहाँ समेत नागरिक कर्फ्यू लागू भईसकेको अवस्थामा दक्षिणी सीमा समेत बन्द गर्नुपरेको श्रोतले बतायो । भारतमा आजै मात्र ८७ जनामा ‘कोभिड १९’ पुष्टि भएको छ ।