कोरोना भएको डाक्टर छोएपछि जर्मनीकी चान्सलर एन्जेला मर्केल क्वारन्टाइनमा

कोरोना भएको डाक्टर छोएपछि जर्मनीकी चान्सलर एन्जेला मर्केल क्वारन्टाइनमा

काठमाडौ । कोरोना भएको डाक्टर छोएपछि जर्मनीकी चान्सलर एन्जेला मर्केल क्वारन्टाइनमा  बसेकी छिन् । उनले  घरमा एकान्तवास लिएकी छिन् ।

सरकारका प्रवक्ता स्टिफन सेइबर्टले यो समाचारको पुष्टि गरेका छन् । एक जना डाक्टरले मर्केललाई शुक्रबार न्युमोनिया जस्ता कारण रोक्न व्याक्टेरियाम खोप दिएका थिए । त्यो डाक्टर आफै कोरोनाभाइरस पोजिटिभ भएको थाहा पाएपछि मर्केल आफै एकान्तवासमा पुगेकी हुन् ।

प्रवक्ताले भने “ चान्सलर यो थाहा पाएलगत्तै आफू घरको एकान्तवासमा बस्ने निर्णय गरेकी हुन् ।” चान्सलर घरबाटै काम गर्ने उनले जनाए ।

प्रवक्ताले भने त्यो डाक्टरको विवरण सार्वजनिक गरेका छैनन् । कोरोना भाइरस विरूद्धको अभियानमा सबै जनता जुट्नु पर्ने विषयमा राष्ट्रका नाम दिएको सन्देशपछि यो विषयमा जानकारी पाएकी थिइन् ।

सरकारले दुई भन्दा बढी मानिसलाई एक साथ हिदडुल गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध कम्तीमा दुई साता मान्न उनले अपिल गरेकी हुन् । इटलीपछि जर्मनी युरोपमा दोस्रो ठूलो कोरोनाभाइरस प्रभावित देशको रूपमा अगाडि आएको छ । यहाँ अहिलेसम्म २१ हजार बढी संक्रमित देखा परेको छ ।

इटलीमा ६० हजार बढी संक्रमित र करिब ६ हजारको मृत्यु भइसकेको छ । जर्मनी, फ्रान्स अर्को ठूलो कोरोना प्रभावित देशको रूपमा अगाडि आएको छ । यहाँ १४४०० संक्रमितको संख्या पुगेको छ भने आइतबारसम्म ६७४ जनाको मृत्यु भइसकेको छ ।