पत्रकार दाहाललाई पितृशोक 

पत्रकार दाहाललाई पितृशोक 

सिन्धुली, १० चैत । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महास‌ंघ सिन्धुलीका सदस्य प्रमोद दाहालका पिता डिल्लीप्रसाद दाहालको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका ५ नागेडाँडास्थित निवासमा उपचारकै क्रममा उनको निधन भएको हो । उनलाई केही दिनदेखि सामान्य पखाला र ज्वरो आएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय दाहालको सुनकोशीस्थित घाटमा सोमबार बिहान अन्त्येष्टि गरिएको छ । स्वर्गीय दाहालका श्रीमती चार छोरी र दुई छोरा छन् ।

झिल्को परिबार स्वर्गीय दाहालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।