के कोरोना भाइरस जैविक हतियार हो ?

के कोरोना भाइरस जैविक हतियार हो ?

धेरै समयदेखि चीन र अमेरिकाका बीचमा व्यापार युद्ध चलिरहेको छ । यी दुई देशले एक अर्कालाई कमजोर पार्न जैविक हतियार प्रयोग गरेको हुनसक्ने भन्दै चर्चा चलेको छ । चीन र अमेरिकाले एकअर्कालाई सिध्याउनका लागि जैविक हतियार बनाएको र यो चुहिएर या सचेततापूर्वक अमुक ठाउँबाट छाडेर यो फैलिएको हल्ला चल्न छाडेको छैन । 
  
वास्तवमा आजसम्म मानिसले आफ्नो प्रयोगशालाबाट कुनै पनि जीवको निर्माण गर्न नसकेको वैज्ञानिकहरु बताउँछन् । यसै कारण कोरोना भाइरस कुनै जैविक हतियारको रुपमा पेश गर्नु पूरै झूट र भ्रामक रहेको वैज्ञानिकहरुको दावी छ । 

कोरोना भाइरसको परिवारमा कोभिड–१९ एक नयाँ सदस्य हो । यसको उत्पति प्रकृतिबाट नै भएको हो । जीवहरुलाई मार्ने औषधि तयार भएका छन्, जिनेटिक परिवर्तन गरेर कतिपय जीवहरुले प्रकृतिमा परिवर्तन गर्नमा सफलता पाएका छन् । तर, कुनै पनि नयाँ जीवको रचना गर्नमा अहिलेसम्म मानिसलाई सफलता मिलेको छैन ।      

जैविक र रासायनिक अलगअलग वस्तु हो । जैविक हतियार त्यो हो जुन ज्ञात जन्तुहरु या विरामीको संक्रमणको रुपमा दुश्मनहरुमाथि प्रहार हुन्छ । जस्तै दादुराका विषाणु । तर यसको पनि कैयन प्रजाति छन् । यसको खोप विकसित गरेर सम्पूर्ण संसारमा यसलाई निर्मुल गरियो । यस्तै हैजा, प्लेग, टीबी जस्ता विरामी नियन्त्रणमा छन् । तर कुनै देशले प्रयोगशालामा यी किटाणुहरुको संख्या बढाएर दुश्मन देशलाई संक्रमण गरेमा त्यो जैविक हतियार हो । यहाँ स्मरणीय छ कि यसको भाइरस संसारका सबै प्रयोगशालामा सुरक्षित राखिएको छ । यदि यसलाई दुश्मन देशमा फैलाइदिने हो भने यसलाई जैविक हतियार मानिन्छ । 


रासायनिक हतियार विषालु केमिकलको प्रयोगबाट बनाइन्छ । यसको निर्माण प्राकृतिक पदार्थहरुबाट हुन्छ । मानिसले केवल यौगिक बनाउन सक्छन । नयाँ जीवको निर्माण मानिसको अहिलेसम्म बुता वाहिर छ । 

कोरोना अति सुक्ष्म जीव हो । भाइरस र ब्याक्टेरिया दुवै सुक्ष्म जीव हुन । दुवै संक्रामक हुन । दुवै परजीवी हुन । उनीहरुलाई फैलन र विकास गर्न अन्य प्राणीको सम्पर्कमा आउन आवश्यक छ । दुवैमा सबैभन्दा फरक यो हो कि ब्याक्टेरिया सजीव हुन्छ । यसको प्रसार सजीव रुपमा हुन्छ । जबकि भाइरस आधारभूत रुपमा नै स्वतन्त्र र निर्जीव हुन्छ । तर, कुनै सजीव प्राणीको सम्पर्कमा आउने वित्तिकै थोरै समयमा नै यसमा सजीव गुणको रुपमा विकास हुन्छ । एकपटक सजीव बन्ने वित्तिकै भाइरसको पनि जैविक विभाजन र विस्तार हुन लाग्छ । तर, नयाँ भाइरस पनि आफ्नो पैत्रिक स्वभावका कारण नै तबसम्म निर्जीव हुन्छ जबसम्म तिनीहरु सजीव प्राणीमा प्रवेश गरेर फल्न फुल्न लाग्दैन । सजीवको सम्पर्कसँगै यो तुरुन्त सजीव हुन थाल्छ । 

भाइरसको आयु चारदेखि छ दिनभन्दा बढी हुँदैन । यसले दिने कठिनाइ पनि हप्ता, दश दिनपछि हट्नेछ । यसक्रममा शरीरको प्रतिरोध क्षमता भाइरसको लक्षणले निर्धारण गर्छ । यसैले भाइरसलाई जबसम्म ज्यानमारा मानिदैंन तबसम्म त्यसले अन्य विरामीबाट पीडित विरामीहरुलाई सिकिस्त बनाउँदैन । यसै कारण पुरानो पीडित विरामीहरुलाई भाइरसबाट पीडित हुनबाट रोक्न र काबुमा राख्नका लागि सचेत र सतर्क हुनुपर्छ । यो सबैभन्दा महत्वपूर्ण र पहिलो चुनौती हो । दोस्रो चुनौती भनेको भाइरस फैलनबाट रोक्ने । यसका लागि सरसफाइमा विशेष ध्यान दिने र दोस्रो व्यक्तिको सम्पर्कमा आउनमा कडाइ गर्ने । यदि भाइरस एक व्यक्तिबाट अर्काेमा सर्दैन भने उसको आफ्नो अल्पायुका कारण खत्तम हुन्छ ।

संसारभरि अहिले मान्छेहरुसँगको सम्पर्कलाई घटाउनका लागि विशेष पहलकदमी भइरहेको छ । चीनले वुहानमा भएको संक्रमणलाई अधिकतम कडाइ गरेर रोक्न सफल भएको छ । अहिले संसारमा त्यसैको अनुशरण गरिदैंछ । एजेन्सीको सहयोगमा