भारतमा कोरोनाबाट मर्नेको संख्या ७ पुग्यो
काठमाडौं, १० चैत । भारतमा कोरोना भइरस संक्रणके संख्या बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ४१५ जनामा संक्रमण देखिएको छ । हालसम्म कोरोनाका कारण मेर्नेको संख्या ७ पुगेको छ । भारतको राज्य सरकारले कोरोना भाएरस प्रसार हुनबाट रोक्न लकडाउन गरको छ ।
दिल्लीमा कोरोना संक्रमतिको संख्या ३० पुगेको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले संक्रमित २३ विदेशी फर्किसकेको र बाँकी ७ जना दिल्लीमै उपचाररत भएको बताएका छन् ।
आइतबार देशभर जनाता कफ्यु पछि ३१ मार्चसम्म लकडाउको घोषणा गरिएको छ । लक डाउन उल्लंघन गर्नेलाई कडा कानूनी कारबाही गर्ने बताइएको छ । नेपालको सीमासँग जोडिएको बिहार, उत्तरप्रदेश, उत्तराखण्ड राज्यमा लकडाउन घोषणा भईसकेको छ । भारतले बोर्डरमा ठूलो साबधानी अपनाएको छ ।
गाडीहरुको आवतजातमा कडा ध्यान दिइएको छ । महाराष्ट्रमा कोरोना भाइरसका संक्रमित ८९ पुगेका छन् । मुम्बइमा भेला भएर रहन कडा निर्देशन जारी भएको छ ।
लकडाउनका कारण भारतमा सागसब्जी लगायतका दैनिक खाद्य पदार्थ महंगो भएका छन् ।
प्रतिक्रिया