अबको अवस्थामा पूरै देश ‘लक डाउन’ गर्न उचित

अबको अवस्थामा पूरै देश ‘लक डाउन’ गर्न उचित

काठमाडौं । सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गरेको पत्रकार सम्मेलनमा एक १९ बर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको बताएसँगै उपत्यकावासीमा एक खालको त्रास भेटिएको छ ।

त्यस्तै कोरोना पोजेटिभ भेटिएकी ती युवती शुक्रराज ट्रपिकल हस्पिटलमा आइसोलेसन वार्डमा पठाइएको छ । उनका परिवार पनि सरकारको निगरानीको क्वारान्टाइनमा छन् । 


उनी चैत्र ४ गते फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी थिइन । उनीसँगै उक्त जहाजमा चढेका यात्रुहरुको सरकारले खोजी गरिरहेको छ तर उनीहरुको सम्पर्क आजसम्म कति जना मानिसहरुसँग भयो भन्ने कुनै आकंलन गर्न सकिदैन । 


मान्छेदेखि मान्छे, हावा, फलाम आदिबाट फैलनसक्ने यो भाइरस नियन्त्रण गर्न नसके एकजना मानिसबाटै केही दिनमै हजारौं मानिसहरुलाई संक्रमित गर्छ ।  नेपाल सरकारले गरेको निर्णय आज चैत्र १० गतेबाट लामो दुरीका सार्वजनिक यातायातमा रोक लगाए पनि कतिपय व्यापारीहरुले अटेर गर्दै गाडीहरु चलाइरहेका छन् । त्यस्तै कतिपय निजी विद्यालयहरु सरकारको निर्णयको अवज्ञा गर्दै खोलिरहेका छन् । 


यस्तो अवस्थामा कोरोना भाइरसको महामारीबाट बच्न र यसलाई फैलन दिनबाट बचाउन सिङ्गो मुलुकलाई ‘लक डाउन’ गराउन आवश्यक रहेको छ । मानिसहरुको चहलपहल र भिड नियन्त्रण गर्न सरकारले अझै कडा कदम चाल्नु पर्ने अवस्था देखिएको छ ।