उपचाररत कोरोना संक्रमित महिलाको अवस्था सामान्य

उपचाररत कोरोना संक्रमित महिलाको अवस्था सामान्य

काठमाडौं, १० चैत । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार गराइ रहेकी कोरोना संक्रमित युवतीको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना संक्रमित व्यक्तिको उपचार भइरहेको बताएका छन् । उहाँलाई हामीले उपचार गरिरहेका छौं, डा. राजभण्डारीले भने,“उहाँको अवस्था सामान्य छ ।” 

ती युवतीसँगै कतार एयरलाइन्सबाट आएका अन्य व्यक्ति उच्च जोखिममा रहेको बताइएको छ । उक्त उडानमा आएका अन्य व्यक्तिहरूलाई कोरोना परीक्षण गर्नुपर्ने भन्दै उनले संक्रमित युवतीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिहरु पनि उच्च जोखिममा रहेको जानकारी दिए । युवतीका आफन्त तथा परिवारलाई घरमै क्वारेनटाइनमा राखिएको बताइएको छ । 

युवती फ्रान्सबाट आएपछि घरमै क्वारेन्टाइनमा बसेको र केही दिनपछि टेकु अस्पतालमा सम्पर्क गरी कोरोना परीक्षण गराएकी थिइन्। आइतबार कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई टेकु अस्पतालमा भर्ना गरिएको थियो ।

उनीसँगै फ्रान्सबाट आएकी भियतनामकी युवतीलाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सरकारले पूर्णरुपमा लकडाउन गरेर सबै नाका र अन्र्तराष्ट्रिय उडान पूर्णरुपमा नरोके स्थिति भयानक हुने बताएकी छिन् ।