आजदेखि देशभर ‘लक डाउन’ घरबाट बाहिर निस्कन नपाइने

आजदेखि देशभर ‘लक डाउन’ घरबाट बाहिर निस्कन नपाइने

काठमाडौं । सरकारले भोलि बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा हिजो सोमबारबसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज मंगलबार
बिहान ६ बजेदेखि लागु हुनेगरी १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लक डाउनको मोडालिटी अबलम्वन गरिएको हो।

लक डाउनमा खाद्य सामग्री खरिद र उपचारबाहेक घर बाहिर निस्कन पाइने छैन। सवारी सञ्चालनमा समेत पूर्ण रुपमा रोक लगाइएको छ।

अत्यावश्यक बाहेक अरु सबै कर्मचारीलाई तयारी अवस्थामा रहनेगरी विदा दिइएको छ।

बैठकले क्वारेन्टाइन मापदण्ड २०७६ समेत स्वीकृत गरेको छ। 

परिस्थितिको गंभीर्यतालाई हेरेर उक्त निर्णयमा पुग्नु परेको सरकारले जनाएको छ । यस अति संवेदनशिल र महत्वपूर्ण समयमा सम्पूर्ण नेपालीहरुले सहयोग गर्नेमा सरकार आशावादी रहेको बताइएको छ । 

पछिल्लो पटक फ्रान्सबाट कतार हुँदै आएकी एक किशोरीलाई ‘कोभिड–१९’ पोजेटिभ देखिएपछि सरकारले सजकता अपनाएको हो । यसअघि सरकारले सम्पूर्ण स्कूले कलेज बन्द गरिसकेको छ भने देश भित्रने सम्पूर्ण नाकाहरु समेत बन्द गरिसकेको छ ।