कोरोना कहर : एक सय ९५ देशमा प्रभाव, १६ हजार पाँच सय १० को मृत्यु
११ चैत्र, काठमाडौं । संसारका एक सय ९५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीन लाख ७८ हजार आठ सय ४२ संक्रमित देखिएका छन् । एक लाख दुई हजार स्वस्थ भइसकेका छन् । प्रारम्भमा सबैभन्दा उत्कर्ष देखिएको चीनको वुहानमा छ दिनमा एक जना संक्रमित देखिएका छन् । इटालीमा सोमवार छ सय एक जनाको मृत्यु भएको छ । इटाली विश्वको सबैभन्दा प्रभावित देश हो ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रियिसोसले कोरोना भाइरस तीब्र रुपमा बढेको बताएका छन् । । एक लाख संक्रमित हुनका लागि ६७ दिन लागेकोमा दुई लाख पुग्न ११ दिन र तीन लाख पुग्न मात्र चार दिन लागेको उनको भनाइ छ ।
प्रतिक्रिया