कोरोनाभाइरस महामारीपछि संसारबारे सोंच्दा
झिल्को विश्लेषण
कोरोना भाइरसको महामारी फैलिदै गएपछि विश्वका सबै देशले चिन्ता समान रूपले व्यक्त गरेको देखिए पनि यसले एक आपसमा जोडिएको भूमण्डलीकरणको प्रणालीगत समस्याबारे बोलिएको पाइदैन ।
विश्वको अर्थतन्त्रले सन् २००८ मा वित्तीय संकटको सामना ग¥यो । त्यसले अर्थतन्त्रलाई ध्वंस ग¥यो । त्यतिखेर अर्थतन्त्रलाई जोगाउन विश्वका सरकारहरूले त्यतिखेर शक्तिशाली २० देशका समूह ‘जी ट्वेन्टी’ लाई प्रोत्साहन गर्ने नीति लिए । ती देशका अर्थतन्त्र मन्त्रीहरूले विश्वका बारेमा निर्णय गर्न सक्ने गरी नयाँ समूह गठन गरे । तर कोरोनाभाइरस कोभिड–१९को महामारीले अन्तर्राष्ट्रिय प्रणालीको रोग प्रतिरोधी क्षमतालाई नराम्ररी प्रभावित गर्न पुगेको छ ।
एक दशक अघि ‘द लङ क्राइसिस अफ ग्लोबलाइजेसन’ शीर्षकमा ब्रुकिङ्ग्सले सार्वजनिक गरेको प्रतिवेदनमा डेभिड स्टिभन, एलेक्स इभान्स र ब्रुस जोन्स जस्ता अध्ययनकर्ताहरूले विश्व प्रणालीको संकटबारे चिन्ता जाहेर गरे । त्यसयता पनि विभिन्न पक्षबाट चिन्ता व्यक्त भई आएको छ ।
विगतका दशकहरूमा सामूहिक कार्यको क्षमतामा ह्रास आएको देखियो । ट्रम्प प्रशासनले विश्व प्रणाली विरूद्ध शत्रुतापूर्ण सक्रिय व्यवहार अपनाए, युरोपेली युनियन युरोजोनको संकटले त्यसभित्रै फर्केका देखियो । बेलायत विगत चार वर्षदेखि युरोपेली युनियनबाट हट्ने प्रस्तावको अन्तिम टुंगो लगाउने विषयमा घोत्लिरहेको देखियो ।
सन् २००८को वित्तीय संकटले नयाँ उदीयमान समूह ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकासमेतको समूह ब्रिक्स निर्माण गरायो । यो समूहका अधिकांश देश विश्व प्रणालीका नयाँ नेताहरूको रूपमा अगाडि आइरहेका छन् ।
सन् २००८को संकट समाधान गर्ने समूहको अगुवा देखिएका बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले कोभिड–१९सँग जुध्न विश्वका सरकार मिलेर जानुपर्ने आह्वान गरेका छन् । तर जी ट्वेन्टी र जी सेभनको अगुवाइ गरिरहेको साउदी अरब र अमेरिकाले विश्वलाई आवश्यक हुने ‘कार्य योजना’ कुनै पनि समूहले अगाडि बढाएको देखिएको छैन् ।
विश्वको प्रणालीमा आएको संकट समाधानभित्र साधारण मानिस र तिनका कार्यव्यवहारलाई समावेश गरी सोच्नुपर्ने आवश्यकता रहेको र यो समयमा अब के गर्ने ? सवाल खडा भएर आएको छ ।
१९९०को दशकमा परिवर्तनहरूको अध्ययनलाई द लङ नाउ फाउन्डेशनका संस्थापकहरूमध्येका केहीले परिवर्तनलाई तहगत अध्ययन गरेका छन् । कुनै भवनमा खाना र फर्निचर जस्ता अल्पकालिक वस्तु जसलाई नियमित रूपमा विस्थापित वा यताउता सार्न सक्ने वस्तु हुन्छन् । तर, यसका पनि प्रणालीहरू हुन्छन् । कुनै संरचनात्मक आधार शताब्दी वा त्यो भन्दा पनि लामो समयसम्म हुन्छ । तर यसरी सार्न सकिने प्रणाली हरेक दशकमा व्यवस्थित गर्नुपर्ने हुन्छ । सन् २००८का वित्तीय संकटको पहिलो तहमा तत्कालको संकट दुई वर्षमा समाप्त भयो ।
शुरूवाती तरलता समाप्त भयो । सन् २००७को एक वसन्त शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख डोमिनिक स्ट्रास कानले विश्वका नेताहरूलाई सबैभन्दा निकृष्ट समाप्त भएको भनेको छ महिनाभित्रै लेहम्यान ब्रदर्स ध्वस्त भयो ।
त्यसपछि विश्वका राजनीतिक नेतृत्व सक्रिय भइलागे पछि अन्ततः विश्वको अर्थतन्त्रलाई जोगाए ।
दोस्रो परिवर्तनको तह युरोजोनको ऋण संकट बढेर आयो । यो संकट सन् २०१२को मध्यसम्म मात्र नियन्त्रणमा आउन सक्यो । युरोपेली केन्द्रीय बैंकका प्रमुख मारियो ड्रागीले युरो जोगाउन बैंकले जे गर्न सक्छन् गर्नुपर्छ भनेसम्म त्यो वित्तीय संकट नियन्त्रणमा आएको थिएन ।
यो समयमा साधारण मानिसलाई धेरै दुःख बेहोर्नु प¥यो । ग्रिसमा सार्वजनिक स्वास्थ्य विस्तारै ध्वस्त हुन गएको थियो । अहिले कोभिड–१९ आइपुगेको छ ।
सन् २००८को तेस्रो तहको परिवर्तनले सरकारहरूमाथिको विश्वास ध्वस्त भयो । विश्वका नेताहरू ध्रुवीकृत भए र विश्वको सामूहिक कार्ययोजनाको विषयलाई अवमूल्यन गरियो । एक प्रतिशतले अर्थतन्त्रलाई ध्वस्त पारेको थियो भने ९९ प्रतिशतले यसलाई जोगाउन भुक्तानी गरेका थिए ।
कोभिड –१९ले गरिदिएको तहगत परिवर्तनले सार्वजनिक स्वास्थ्यमा संकट थपी दिएको छ । यो दुई वर्षमा समाधान हुने देखिन्छ । भ्याक्सिन नभएसम्म यो भाइरसले प्राणघाती भइरहने छ । इटलीमा विश्वको सबैभन्दा उच्च संक्रमित दर देखापरेको छ । तर पनि अहिलेसम्म एक प्रतिशत इटलियनहरू भन्दा कम नै रहेको छ । अझ रोग पहिचान गर्नुपर्ने धेरै रहेको छ ।
दोस्रो यो महामारीले वित्तीय बजारलाई दु्रतगतिमा ध्वस्त गरिरहेको छ । यसबारे विश्वका नेताहरूले वित्तीय संकट हुन नदिने प्रतिबद्धता व्यक्त गरिहेका छन् । चीनलाई पनि समस्या पर्ने देखिन्छ । उसको निर्यात बजार पनि हराएर गएको छ । कोरोनाभाइरसका अतिरिक्त शरणार्थी प्रसार, द्वन्द्वको समस्या, जलवायु परिवर्तनको समस्या विश्व सामु छँदै थियो । यस्तोमा गम्भीर मानवअधिकार दुरूपयोग हुन आंशका बढाएको छ ।
तेस्रो विषय सरकारहरूलाई प्रतिरक्षाको समस्या अगाडि आउनेछ । समाजहरू धु्रवीकत भएर जान सक्ने छ । कर्पोरेटर र घरपरिवार ऋण धेरै देशमा बढेर जान्छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरूद्ध र आफ्ना पूर्ववर्ती विरूद्ध आगो ओकलिरहेका छन् । चीन विरूद्ध यो भाइरस चिनियाँ भाइरस भएको भनेका छन् भने पूर्व राष्ट्रपति बराक ओबामा अक्षम भएको टिप्पणी गरिरहेका छन् । यस्ता व्यवहारले विभाजन ल्याउनेछ ।
कोरोनाभाइरसको यो समयमा सामूहिक कार्य योजनाको आवश्यकता छ । सार्वजनिक स्वास्थ्यको संकटलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । सामूहिक कार्ययोजना विकासका बाधा हटाउन, उत्पादन क्षेत्रको बाधा हटाउन र खोपको समान वितरणको समस्या हटाउन तर्फ केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको छ । अन्तर्राष्ट्रिय आपूर्ति शृंखला युद्धकालीन अवस्था जस्तो हुनुपर्ने छ । यसले मास्कदेखि भेन्टिलेटर र द्रुतगतिमा बढिरहेको बिरामीको संख्याका लागि चाहिने आवश्यक वस्तुहरूको आवश्यकता पूरा गर्नुपर्छ ।
कोरोनाभाइरसले अमेरिका र बेलायतजस्ता देशमा मानिसहरूले संकटकालीन खरिद गरेका छन् । यस्तो अवस्थालाई ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । यसका लागि सामूहिक दायित्व पूरा गर्नुपर्ने आवश्यकता रहेको छ ।
आर्थिक कम्पन र पराकम्पनहरू देखिनेछ । विश्वका सरकारहरूले वित्तीय प्रोत्साहनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । विश्वमा मागलाई धक्का लाग्छ । तरलता र आपूर्तिको संकट मध्यमवर्गको कामबाट समाधान गर्न सकिन्छ । तर विश्व अर्थतन्त्रका धेरै क्षेत्रहरूलाई मागको आवश्यकता हुनेछ । यस्तोमा राष्ट्रियकरणको एक तरङ्गको शुरूवात हुन्छ ।
अभूतपूर्व मागका कारण विश्वको मानवीय प्रणाली घुँडा टेकेको अवस्थामा तत्काल स्रोतसाधन प्रवाहित गर्नुपर्ने आवश्यकता हुन्छ । विकास संगठन र प्रतिष्ठानहरू भविष्यका लागि सजग हुनुपर्छ ।
समग्रमा भन्नु पर्दा यो समय ऐतिहासिक रूपले असमानता हटाउने युद्धको अगुवाइ गर्नुपर्ने हुन्छ । धनीहरूले कर उच्च हिस्सा बेहोर्नुपर्ने हुन्छ र सरकारले लगानीकर्ताहरूले लिने केकलाई ताछ्न हस्तक्षेप गर्नुपर्ने हुन्छ ।
हालै अमेरिकाका ट्रेजरी मन्त्री स्टिभन नुचिनले २० प्रतिशत अमेरिकीको रोजगार गुम्न सक्ने बताए । यसका लागि नगद स्थानान्तरण अल्पकालीन शर्तमा आवश्यक भएको बताउँदै उनले ऋण मिनहाका बारेमा सोच्नुपर्ने बताएका छन् ।
यस्तोमा करको भार श्रमबाट सारेर धनमा नगरे पुँजीवाद समस्यामा पर्ने देखिएको कतिपय अध्ययनकर्ताहरूको भनाइ रहेको छ ।
कोरोनाभाइरससँगको लडाइमा चिनियाँ शैलीले प्रारम्भिक जीत हात पारेको छ । चरम चीन विरोधी तत्वहरू बाहेक विश्वभर चिनियाँ राष्ट्रपति सी जिनपिनको नेतृत्वमा कोरोनाभाइरस विरूद्धको अभियानलाई प्रशंसा गरिएको छ । कोरोनाभाइरसको यो लडाईंमा सबैले जिम्मेवारी बोध गर्नुपर्ने रणनीतिक योजनाहरूमा योगदान दिनुपर्ने गरी काम गर्नुपर्ने आवश्यकता छ । महामारीले रोजगार ध्वस्त हुने जोखिमबाट रोजगार बचाउने गरी नयाँ प्रस्तावहरूमा ध्यान दिनुपर्ने हुन्छ ।
सन् २००८ र २००९मा वित्तीय संकटका लागि विश्वका सरकारहरूले पटक पटक गरेका आकस्मिक शिखर सम्मेलनबाट गरिएको सम्बोधन जस्तै यो पटक पनि गर्नुपर्छ । अहिलेको १८ महिनामा भ्याक्सिन उपलब्ध हुने आश गरिएको छ । आम परीक्षणले लकडाउनको अवस्थालाई फेर्न सक्छ । सन् १९७३को तेल धक्काको संकट बेहोर्न जी सेभनको भूमिका अगाडि आयो भने सन् २००८को वित्तीय संकट पछि जी ट्वेन्टीको भूमिका अगाडि आएको थियो ।
कोरोनाभाइरस विरूद्धको लडाईंमा चिनियाँ जीतले सार्वजनिक स्वास्थ्य, आर्थिक , राजनीतिक , समाजिक , मनोवैज्ञानिक र सांस्कृतिक आयामहरूले नयाँ विश्वास थपेको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया