औषधि र उपकरण बोकेर चिनियाँ जहाज नेपाल आउँदैै

औषधि र उपकरण बोकेर चिनियाँ जहाज नेपाल आउँदैै

काठमाडौं, ११ चैत । कोरोनाको संभावित जोखिमसँग जुध्न चीनले नेपाललाई सहयोगको भाव देखाएको छ । नेपालमा नयाँ एकजना युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि चीनले सहयोगको तत्परता देखाउँदै औषधी र उपकरणसहितको जहाज नेपाल पठाउन लागेको हो । 

चीनको वुहान शहरबाट देखिएको भनिएको कोरोना भाइरसले अहिले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । तर चीनले कोरोना भाइरसविरुद्धको लडाईमा सफलता हासिल गरिसकेको छ । 

चीनले नेपाललाई देखाएको सहयोगको तत्परताले नेपालीहरुलाई यतिखेर राहत महसुस भइरहेको छ । चीन सरकारले कोरोना भाइरस (कोभिड –१९) को संक्रमण नियन्त्रण गर्ने नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी पहिले नै दिएको थियो । 
नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाललाई कोरोना विरुद्धको लडाईमा एक्लो महसुस नगर्न आश्वस्त पार्दै आइरहेकी थिइन ।  

नेपाल सरकारले मगाएको अत्यावश्वक स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको हो ।

नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो ।

नेपालमा कोरोना भाइरस फैलन सक्ने भन्दै यदिखेर नेपाल सरकारले देशलाई एक हप्ताको लागि पुरै लक डाउन गरेको छ । मुलुकमा एक किसिमको त्रास र सन्नाटा छाएकोे छ । विश्वका शक्तिशाली राष्ट्रहरुलाई कोरोनाको महामारी विरुद्ध लड्न हम्मे हम्मे परिरहेको छ । त्यसैले नेपालमा सबै नागरिकले सरकारको आदेशलाई पालन गर्दै घरभित्रै बस्नु र सर्तकता अपनाउनुको विकल्प छैन ।